विश्व बैकले दिने ४२ अर्ब रुपैयाँ ऋण सम्झौतामा हस्ताक्षर

142

काठमाडौं– नेपालको सहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरणका लागि विश्व बैंकले दिन लागेको ४२ अर्ब रुपैयाँ बराबरको ऋण सम्झौतामा विश्व बैंक र अर्थ मन्त्रालयबीच हस्ताक्षर भएको छ । बुधबार नेपालको ‘सहरी विकास र पूर्वाधार आयोजना’ र ‘आर्थिक वृद्धिका लागि वित्त’ विकास नीति सहायतासम्बन्धी दुईवटा सम्झौतामा विश्व बैंक र अर्थ मन्त्रालयबीच सम्झौता हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा नेपाल सरकारको तर्फबाट अर्थ सचिव शिशिरकुमार ढुङ्गाना र माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरेका छन् । यस सहायता अन्तर्गत झण्डै १८ अर्ब रुपैयाँ (१ सय ५० मिलियन अमेरिकी डलर) बराबरको रकम विभिन्न ३३ वटा नगरपालिकाको सहरी विकास र पूर्वाधार आयोजनामा खर्च हुने भएको छ ।

पूर्वी–तराई क्षेत्रमा प्रदेश १, २ का र पश्चिमी क्षेत्रमा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका नगरपालिकामा खर्च गरिने छ भने नेपालको वित्तीय क्षेत्रको स्थिरतालाई सुदृढ बनाउन, वित्तीय समाधानका लागि उपकरणहरूमा विविधता ल्याउन र वित्तीय सेवाहरूको पहुँचमा वृद्धि गर्नका लागि विश्व बैंकले झण्डै २४ अर्ब रुपैयाँ (२ सय मिलियन अमेरिकी डलर) बराबरको आर्थिक सहयोग पनि गरेको छ ।

Womui
Womui