लिम्बुवानको बन्दले आजपनि जनजीवन प्रभावित

36

ईलाम, भदौ २५
लिम्बुवान संयुक्त संघर्ष समितिको दुई दिने बन्दका कारण आज शुक्रबार पनि पुर्वका ९ जिल्लाको जनजीवन प्रभावित भएको छ । आज बिहान पनि यातयात, शिक्षण संस्था, बजार, उद्योग, कलकारखाना लगायत सञ्चालनमा नआएको पुर्वाञ्चल प्रहरीले जनाएको छ । पूर्वका ईलाम, झापा, संखुवासभा, ताप्लेजुङ, पाँचथर, र्तेहथुम, धनकुटा, मोरङ र सुनसरी जिल्ला ठप्प भएको प्रहरीको भनाई छ । संघर्ष समितिले पहिचान सहितको संघीयता, संघीयता सहितको संविधान र संविधानमा लिम्बुवान राज्यको माग गर्दै बन्द आब्हान गरिएको हो । संघीय लिम्बुवान पार्टी नेपालसहित ८ वटा राजनीतिक दल तथा जातिय संगठन आवद्ध लिम्बुवान संयुक्त संघर्ष समितिले हिजो र आज ९ जिल्ला बन्द घोषणा गरेका थिए ।

Womui
Womui