उद्दार गर्न गएका प्रहरी दुर्घटनामा मारिए

51

दाङ, भदौ २५–
पुर्वपश्चिम राजमार्गको सुरक्षामा खटिएका प्रहरीको कारको ठक्करबाट मृत्यु भएको छ । लमही नगरपालिका १ नर्तीमा बिहिबार राति बा १० च ५२३१ नम्वरको टाटा सुमो कारको ठक्करले वडा प्रहरी कार्यालय लमहीमा कार्यरत डुडुवा–९ दाङ निवासी २७ वर्षीय प्रहरी जवान जीतराम चौधरीको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अर्का जवान राजपुर–५ का २८ वर्षिय चन्द्र भण्डारी गम्भिर घाईते भएका छन् । भण्डारीको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । भालुवाङबाट लमहीतिर तीब्र गतिमा गुडिरहेको कारले सडक छेउमा बसेका प्रहरीलाई ठक्कर दिएको थियो । बिहीबार राती करिव १२ बजे नर्तीमा रा २ प ४३७३ नम्बरको मोटरसाईकल चालकलाई अपरिचित व्यक्तिहरुले रोकेर कुटपिट गर्न थालेपछि सुरक्षाका लागि वडा प्रहरी कार्यालयबाट प्रहरी टोली त्यहाँ पुगेको थियो ।

त्यसैक्रममा कारले प्रहरीलाई ठक्कर दिएको जिप्रकाले जनाएको छ । ठक्कर दिने कारलाई लमही नगरपालिका–१० देउपुरको गाउँमा फेला पारेको छ, भने चालक फरार रहेको बताएको छ । अर्का घाईते मोटरसाईकल चालकको टाउकोमा गम्भिर चोट लागेको र उपचारका लागि नेपालगन्ज पठाइएको दाङ प्रहरीले जनाएको छ ।

Womui
Womui