भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथी उपाधि

192

काठमाडौं– तीन दिने नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरिएको छ । शितल निवासमा आयोजित एक विशेष समारोहणमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार भारतीय सेनाध्यक्षलाई उक्त उपाधि प्रदान गरेकी हुन् ।

नेपाल र भारतबीच एक देशका सेनापति अर्को देशको मानार्थ सेनापति हुने प्रचलन लामो समयदेखि रही आएको छ ।

बुधबार नेपाल आएका उनले बिहीबार प्रधानसेनापतीसँग द्धिपक्षीय सैन्य सम्बन्धका विषयमा छलफल गरेका छन् भने शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

Womui
Womui