वीरका १६ चिकित्सकको राजीनामा

57

काठमाडौं–वीर अस्पतालका १६ चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। वीर अस्पताल आकस्मिक कक्षमा कार्यरत १६ जना चिकित्सकले बुधबार सामूहिक राजीनामाको घोषणा गरेका हुन्। राजीनामा दिनेमा डा. कौशलेन्द्र चौधरी, डा. महेश गिरी, डा. नविन थापा, डा. सलोना श्रेष्ठ, डा. भविन्द्र कार्की, डा. ओजिर दिवान, डा. योगीब्रज लामा, डा. शोभना थापा, डा. कीर्ति गोपाल डंगोल, डा. सन्तोष कुमार साह, डा. राकेशकुमार सिंह लगायत रहेका छन्।

कोरोना महामारीको उपचारका क्रममा अस्पताल प्रशासनले आफ्ना माग र सुरक्षामा कुनै ध्यान नदिएको आरोप राजीनाम पत्रमा उल्लेख छ । उनीहरुले उपचारमा खटिएका चिकित्सकलाई आवश्यक सुरक्षा सामग्री उपलब्ध नगराएको, ज्यालादारी भनेर अपमानित गर्दै दशैंतिहार भत्ता समेत नदिएर मनोबल गिराउने काम गरेको विज्ञप्तिमा उल्लेख छ ।

Womui
Womui