कैलालीका थरुहट संयोजक पक्राउ

46

धनगढी, भदौ २४–
थरुहह संयुक्त संघर्ष समिति कैलालीका संयोजक लाहुराम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । कल्याणकारिणीसभा कैलालीका अध्यक्ष समेत रहेका चौधरी धनगढीबाट पक्राउ परेका हुन् । टीकापुरमा भएको हिंसात्मक घटनाको अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यही भदौ ७ गते सेती अञ्चल प्रहरी प्रमुख, बरिष्ठ प्रहरी उपरिक्षक लक्ष्मण न्यौपानेसहित ८ प्रहरी तथा एक नाबालकको हत्या भएको थियो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक बिक्रम चन्दका अनुसार चौधरीलाई घटनाको अनुसन्धानका लागि धनगढी नगरपालिका– ३ मिलन चोकस्थित घराटै पक्राउ गरिएको हो । प्रहरीले हिजो मात्र फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य लक्ष्मण थारुलाई भैरहवाबाट पक्राउ गरेको थियो । प्रहरीले टीकापुरबाट विकास चौधरी, दिलिप चौधरी र लिखाराम चौधरीलाई पक्राउ गरिएको थियो । घटनामा संलग्न भएको अभियोगमा प्रहरी नियन्त्रणमा रहनेको संख्या २१ पुगेको छ ।

Womui
Womui