बाँकेमा यसरी मनाईयो विपी जयन्ती ( फोटो सहित )

126

नेपालगन्ज, भदौ २४–
नेपाली राजनीतिका शीर्ष व्यक्तित्व विश्वेश्वरप्रसाद कोइरालाको १ सय १ औं जन्म जयन्तीका अवसरमा नेपालगन्जमा विभिन्न कार्यक्रम गरिएको छ । नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर ३ को आयोजनामा बिहान स्थानीय विपी चोकमा रहेको स्वर्गिय कोईरालाको शालिकमा माल्र्यापन गरियो । काँग्रेस बाँकेका कार्यबाहक सभापति लाहुराम थारुले शालिकमा फुलमाला सहित माल्र्यापन गरेका हुन् ।

विपीको शालिकमा माल्र्यापन गर्दै कार्यबाहक सभापति लाहुराम थारु ।
विपीको शालिकमा माल्र्यापन गर्दै कार्यबाहक सभापति लाहुराम थारु ।

सो अवसरमा काँग्रेस बाँकेका पुर्व सभापति कृष्णमान श्रेष्ठ, क्षेत्र नम्बर ३ का सभापति सुरेन्द्रनाथ सापकोटाले विपीको योगदानको चर्चा गरेका थिए । सो अवसरमा विपीको सम्झनामा १ मिनेट मौन धारण गएिको थियो । यसैबीच आजै दिउँसो नेपाली काँग्रेस बाँकेको पार्टी कार्यालयमा विपी जयन्तीका अवसरमा विचार गोष्ठी आयोजना गरिएको छ । बेलुका ७ बजे स्थानीय विपी चोकमा दीप प्रज्वलन कार्यक्रम रहेको काँग्रेस बाँकेका सचिव रबीन्द्र हमालले जानकारी दिए ।

सम्बोधन गर्दै क्षेत्र नम्बर ३ का सभापति सुरेन्द्रनाथ सापकोटा ।
सम्बोधन गर्दै क्षेत्र नम्बर ३ का सभापति सुरेन्द्रनाथ सापकोटा ।

विपीको सम्झनामा मौन धारण गरिदै ।
विपीको सम्झनामा मौन धारण गरिदै ।
Womui
Womui