चर्चमा हमला हुँदा तीनको मृत्यु

50

एजेन्सी–फ्रान्सको नोट्रेडाम चर्चमा आतंकवादीले हमला गर्दा तीन जनाको मृत्यु भएको छ । नाइस सहरका मेयर क्रिस्टियन एस्ट्रोसीले ट्विटरमार्फत् बिहीबार आतंकवादी हमला भएको बताएका छन्। उनका अनुसार हमला गर्ने व्यक्तिले आक्रमण गर्दा ‘अल्लाहु अक्ब’ वाक्यांश प्रयोग गरेका थिए। पक्राउ परिसकेपछि पनि उनले सो वाक्यांश दोहोर्‍याइरहेका थिए। चर्चभित्रै हत्या गरिएका व्यक्ति वार्डेन भएको उनले बताए।

चक्कु आक्रमण गर्ने व्यक्तिलाई नियन्त्रणमा लिन उनीमाथि प्रहरीले गोली चलाएको थियो। उनलाई अस्पताल लगिएको छ। उनी जीवित छन् एस्ट्रोसीले पत्रकारहरूसँग भनेका छन्। प्रहरीका अनुसार आक्रमणमा कयौं घाइते भएका छन्। समाचार संस्था रोयटर्सले प्रहरी अधिकारीलाई उद्धृत गर्दै एक महिलाको घाँटी छिनालिएको समाचार लेखेको छ। एस्ट्रोसीका अनुसार बिहीबार हत्या गरिएकी महिला चर्चबाट भाग्ने प्रयासमा थिइन्। १६ अक्टोबरमा विद्यार्थीहरूलाई मोहम्मदको कार्टुन देखाएर पढाउने शिक्षक स्यामुअल प्याटीको हत्या भएको थियो। उनको पनि चक्कुले घाँटी छिनालिएको थियो। सो घटनापछि फ्रान्सका राष्ट्रपति इम्यानुअल माक्रोंले त्यस्ता कार्टुन देखाउनु अभिव्यक्ति स्वतन्त्रता भएको बताएका थिए। माक्रोंको अभिव्यक्तिले मुस्लिम राष्ट्रहरू आक्रोशित भएका थिए। कतिपय देशमा राष्ट्रपति माक्रोंविरूद्ध प्रदर्शन भएको थियो। त्यस्तै फ्रेन्च सामानहरू बहिस्कार समेत गर्न थालिएको थियो। –सेतोपाटी

Womui
Womui