बाँकेमा साढे २९ लाख रुपैयाँसहित १० जुवाडे पक्राउ

197

नेपालगन्ज– जुवा खालबाट ठूलो रकम सहित १० जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले बसपार्कस्थित कृष्ण सुवेदीको घरमा जुवा खेलिरहेको जुवाडेसहित २९ लाख ४८ हजार रुपैयाँ र ८ गड्डी ताससमेत बरामद गरेको छ। पक्राउ पर्नेहरूमा नेपालगन्ज उपमहानगरपालिका– ४ का सन्तोष थापा, मेघनाथ कुचबन्दिया, नवीन घिमिरे, टोप बहादुर शाही, पब्लु भण्डारी, तरुण गौतम, रविन राणा, सन्तोष वली, कृष्ण बहादुर सुवेदी र रहमान मिया रहेका छन्। नेपालगञ्ज उप महानगरपालिका– ४ बसपार्कमा रहेको सुवेदीको घरमा जुवा तास खेल्ने काम भइरहेको भन्ने सूचनापछि जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयबाट टोली खटिएको थियो।

Womui
Womui