नेताले पाउने दसैं भत्ताबाट भेन्टिलेटर किनौंः जनार्दन शर्मा

72


छिनछिन खबर
काठमाडौं–
नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य एवं सांसद जनार्दन शर्माले नेताले पाउने दसैं भत्ताबाट भेन्टिलेटर किन्नुपर्ने प्रस्ताव गरेका छन् । शर्माले फेसबुकमा लखेर उक्त प्रस्ताव गरेका हुन् । सांसदहरूले कानुनविपरीत दसैं भत्ता लिएपछि यतिखेर चौतर्फी विरोध भइरहेको छ ।

विरोध भइरहँदा उनले कोरोना महामारीका बेला सांसदलाई भत्ता दिनुभन्दा भेन्टिलेटर किन्न आवश्यक रहेको धारणा राखेका हुन् । उनले आफूले भने दसैं भत्ता स्वरूप आएको रकम कालिकोटका पूर्वजनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई भेन्टिलेटरमा राखी उपचार गर्नु परेकोले हस्तान्तरण गर्ने घोषणा गरेका छन् । ‘कोरोना महामारी हाम्रो मुख्य समस्या हो, यस्तो बेला दसैं भत्ता वितरण गर्नुभन्दा भेन्टिलेटर किनौं,’ उनले भनेका छन् ।


नेकपा अर्का नेता तथा सांसद भीम रावलले पनि दसैं भत्ता रकम आफ्नो खाताबाट कट्टी गर्न माग गरेका छन् । नेकपा प्रवक्ता तथा राष्ट्रियसभा सांसद नारायणकाजी श्रेष्ठले एक वर्षको तलबभत्ता नलिने यसअघि नै घोषणा गरेका छन् । सत्तारुढ तथा प्रतिपक्ष दलका अन्य सांसदले भने खुरुखुरु दसैं भत्ता बुझेका छन् ।

Womui
Womui