कोरोना संक्रमितलाई परीक्षा दिनबाट वञ्चित नगर्न सर्वोच्चको आदेश

38


छिनछिन खबर
काठमाडौँ
— सर्वोच्च अदालतले कोरोना संक्रमितलाई परीक्षा दिनबाट वञ्चित नगर्न लोकसेवा आयोगलाई आदेश दिएको छ । कोरोना संक्रमितले आफू संक्रमित भएको स्वघोषणा गर्नुपर्ने र उनीहरु परीक्षामा सामेल हुन नपाउने भनी आयोगले बनाएको मापदण्डलाई सर्वोच्चले कार्यान्वयन नगर्न आदेश दिएको हो ।

न्यायाधीश सपना प्रधान मल्लको इजलासले परिक्षार्थीलाई सुरक्षित रुपमा परीक्षामा सामेल हुन पाउने व्यवस्था मिलाउन पनि आयोगलाई आदेश दिएको छ । आयोगले केही दिनअघि सूचना प्रकाशन गरी संक्रमितले परीक्षा दिन नपाउने जनाएको थियो ।

Womui
Womui