मन्त्रिमण्डल पुनर्गठन, ईश्वर पोखरेलको रक्षा मन्त्रालय खोसियो

104


छिनछिन खबर
काठमाडौं–
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् हेरफेर गरेका छन् । हेरफेरमा ईश्वर पोखरेलको रक्षा मन्त्रालय खोसिएको छ । ओलीले नेकपा महासचिव बिष्णु पौडेललाई अर्थ मन्त्री नियुक्त गरेका छन् ।


पोखरेललाई रक्षाबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानिएको छ । रक्षा मन्त्रालय प्रधानमन्त्री आफैंले राखेका छन् । त्यस्तै सहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ नियु्क्त भएका छन् भने लीलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनाइएको छ । यसअघि महिला बालबालिका मन्त्री रहेका पार्वत गुरूङलाई सूचना तथा सञ्चार मन्त्रालयको जिम्मा दिइएको छ ।

Womui
Womui