समाज सेवामा समर्पित मोहनसिंह खत्री

81
विपन्न वर्गका परिवारलाई सहयोग गर्दै समाजसेवी मोहनसिंह खत्री ।

उब्जन बम (बर्दिया)– समाजमा रहेका दुःखी, गरिबलाई सहयोग गर्न पाउँदा छुट्टै किसिमको आनन्दको अनुभूति हुने मोहन सिंह खत्रीले बताएका छन् । त्यहीँ भएर होला गेरुवा गाउँपालिका ४ निवासी खत्रीले कोरोनाकालमा थुप्रै दुखी र गरिब परिवारलाई सहयोग गरेका छन् । समस्यामा परेका व्यक्तिलाई सहयोग गर्न पाउँदा आफैमा गर्वको महसुस हुने बताउँदै सहयोग गरेको खत्रीले बताए । कोरोना भाइरसको महामारीका कारण विश्व जगत नै आक्रान्त बनिरहेको बेला खत्रीले भने दक्षताले भ्याएसम्म दुखी र गरिब परिवारको सहयोग गर्नमै दिन बिताए । त्यसैले अहिले समाजमा उनको पहिचान समाजसेवीको रुपमा कहलिएको छ ।

कोरोना भाइरसको कहरबीच देशमा भएको लकडाउन र निषेधाज्ञामा गरिब तथा विपन्न वर्गका जनता धेरै मारमा परेको बताउँदै दैनिक रुपमा ज्याला मजदुरी गरेर हातमुख जोर्न मुस्किल पर्ने व्यक्तिलाई रोगले भन्दा भोकले बढी सताएको देख्दा र सुन्दा मन दुखेर आउने खत्रीको भनाइ छ ।कोमल मन र सहयोगी भावनाका धनी खत्रीले त्यस्ता व्यक्तिलाई हरसम्भव सहयोग गर्ने सेवाभावले आफ्नो दैनिक हुने खर्चबाट केही भाग छुट्याएर सहयोग गर्ने गरेका छन् । आफूले देखेका र सुनेका त्यस्ता व्यक्ति जो मुस्किलले एक छाक खाना खर्चको जोहो गर्न असक्षम छन् त्यस्ता व्यक्तिलाई उनले निस्वार्थ रुपमा सहयोग गर्ने गरेका छन् । त्यस्ता व्यक्ति जो दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएको छ उनीहरुको घरमा चुल्हो नबले सम्पर्क गर्न समेत उनले आग्रह गरेका छन् ।जीवनमा मरेपछि खाली हात नै जानु पर्ने यथार्थलाई आत्मसात् गर्दै समाजसेवी खत्रीले गरिब र विपन्नलाई सहयोग गर्न आम जनमानसमा आग्रह गरेका छन् ।

Womui
Womui