३१ सयभन्दा बढी सेनालाई कोरोना संक्रमण

51

छिनछिन खबर
काठमाडौं–
नेपाली सेनाका ३ हजार १ सय ४२ जनामा कोरोना संक्रमण देखएिको छ । ‘अहिलेसम्म ३ हजार १ सय ४२ सैनिकलाई कोरोना संक्रमण भएको छ,’ नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष वल्लभ पौडेलले जानकारी दिए । तीमध्ये सक्रिय संक्रमितको संख्या १ हजार ४ सय ६७ छ ।

नेपाली सेना सुरुदेखि नै कोरोना भाइरस नियन्त्रण तथा रोकथाम अभियानमा लाग्दै आएको छ । नेपाली सेनाभित्र पहिलो पटक कोरोना संक्रमण जेठ ३ गते देखिएको थियो । कोरोना संक्रमित सैनिकमध्ये हालसम्म दुई जनाको मृत्यु भएको उनले जनाए । सैनिकहरुमा कोरोना संक्रमण बढ्दै गएका कारण थप सुरक्षित हुन केही स्थानमा क्वारेन्टाइन तथा आईसोलेसनको व्यवस्था गरिएको उनले जनाए ।

कोरोना संक्रमणका कारण केही दिनअघि राष्ट्रसंघीय शान्ति मिसन अन्तर्गत अफ्रिकी राष्ट्र लिविया जान लागेको नेपाली सेनाको टोली रोकिएको थियो । लिविया जान लागेका ३५ जनाभन्दा बढीमा संक्रमण देखिएपछि उडान स्थगित गरिएको थियो ।

Womui
Womui