कर्णालीका मुख्यमन्त्री शाहीले हटाए प्रमुख सचेतक

24


छिनछिन खबर
काठमाडौं
– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई जिम्मेवारीबाट हटाएका छन् । शाहको काम कारबाही सन्तोषजनक नभएको भन्दै प्रमुख सचेतकबाट हटाइएको मुख्यमन्त्री शाहीले जानकारी गराएका छन् ।

शाहीले प्रमुख सचेतकको जिम्मेवारी प्रदेश सांसद सीता नेपालीलाई दिएका छन् । नेपाली यसअघि सचेतक थिइन् । नेकपाका १८ सांसद दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरएका थिए । दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रमुख सचेतक शाहले नै दलको बैठक बोलाएका छन् । शाहले भने कोमामा गइसकेका प्रदेश सरकारका मुख्यमन्त्रीले जिम्मेवारीबाट हटाउनुको कुनै अर्थ नभएको बताए ।

Womui
Womui