राष्ट्र बैंकले यो वर्ष नयाँ नोट सटही नगर्ने

223


छिनछिन खबर
काठमाडौं–
नेपाल राष्ट्र बैंकले यो वर्ष दशैंको अवसरमा नयाँ नोट वितरण नगर्ने भएको छ । नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो ।

बैंकले बडा दशैंलगायत चाडबाडमा सर्वसाधारणका लागि साना दरका नयाँ नोटको सटही व्यवस्थापन गर्दै आएको थियो । कोभिड १९ को संक्रमण बढ्दै गएको भन्दै यो वर्ष नयाँ नोट वितरण नहुने राष्ट्र बैंकले स्पष्ट पारेको हो ।

Womui
Womui