पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण

128


छिनछिन खबर
काठमाडौं
–संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण भएको छ । परीक्षण गर्दा संक्रमण पुष्टि भएको उनले जानकारी दिए । शुक्रबार बेलुका हल्का ज्वरोको महशुस भएपछि परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको उनले बताए ।

उनले हल्का ज्वोरोबाहेक अरु समस्या नदेखिएको जनाएका छन् । ‘केही दनयता मसँग संपर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु । मेरा कारणले कसैलाई पर्न जाने असुबिधाप्रति क्षमाप्रार्थी छु ।’

Womui
Womui