आइतबार देशभरका अस्पतालमा सेवा बहिष्कार

37

काठमाडौं( देशभर रहेका अस्पतालबाट दिइने सेवा आइतबार बहिष्कार गर्ने निर्णय नेपाल चिकित्सक संघ गरेको छ । आइतबार आकस्मिक र कोभिड–१९ को उपचारबाहेक सम्पूर्ण सेवा बन्द हुने भएका हुन् । चिकित्सा क्षेत्रको विकृतिविरुद्ध २७ दिनदेखि सत्याग्रहमा रहेका डा। गोविन्द केसीको जीवनरक्षाको माग गर्दै संघले विरोधका कार्यक्रम अन्तर्गत आइतबार अस्पतालको सेवा ठप्प पारेको हो ।

यस अघि डा। गोविन्द केसी पक्ष र सरकारी वार्ता टोलीबीच सकारात्मक रुपमा छलफल अगाडि बढेपछि संघले बिहीबार विरोधका कार्यक्रम स्थगित गरेको थियो। शुक्रबारको छलफलमा सरकारले वार्ता सकारात्मक रुपमा अगाडि नबढाएको र शनिबार २७ औं दिनमा पनि डा। केसीको मागप्रति सरकार गम्भीर नभएको भन्दै बाध्य भएर संघले सेवा बहिष्कारका कार्यक्रमहरु सार्वजनिक गर्नु परेको जनाएको छ । डा। केसीको सत्याग्रह अन्त्य गर्न सरकारले पहल नगरेमा आन्दोलनका कडा कार्यक्रम ल्याउन बाध्य हुने चेतावनीसमेत संघले दिएको छ।

Womui
Womui