स्थलतगत रिपोर्टिङ नगर्ने विराटनगरका पत्रकारको निर्णय

37
भोजराज घिमिरे
विराटनगर, भदौ २३ –
आन्दोलनकारीले पत्रकारहरुलाई आक्रमण गरेपछि विराटनगरका पत्रकारहरुले स्थलतगत रिपोर्टिङ नगर्ने निर्णय गरेका छन् । शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्म कार्यस्थलमै बसेर काम गर्ने र स्थलगत रिपोर्टिङ नगर्ने पत्रकारहरुले निर्णय गरेका हुन् । आन्दोलनकारीले बुधबार विराटनगरमा आन्दोलनकारीले पाँच पत्रकारलाई आक्रमण गरेका छन् भने एउटा मोटरसाइकल जलाइदिएका छन् । त्यसलगत्तै पत्रकार महासंघ मोरङ शाखाको आकस्मिक बैठक बसेर यस्तो निर्णय गरेको हो ।
विराटनगरको रानीमा भएको प्रदर्शनको समाचार संकलन गर्न गएका सञ्चारकर्मी नविन कर्ण सवार मोटरसाइकल आन्दोलनकारीले जलाएका छन् । सञ्चारकर्मी कर्ण सवार को. ८ प २२३९ नम्बरको मोटरसाइकललाई आन्दोलनकारीले टायर जलिरहेको ठाउँमा लगेर जलाइदिएको पत्रकार नविन कर्णले बताए । स्थानीय मकालु टेलिभिजनमा कार्यरत कर्णलाई उनीहरुले उल्टो समाचार प्रसारण गरेको भन्दै मोटरसाइकलमा आगजनी गरेको कर्णले बताए । यसैक्रम गोरखापत्रका विराटनगर सम्वाददाता जीतेन्द्र ठाकुर पनि घाइते भएका छन् । आन्दोलनकारीले प्रहार गरेको इटाले लागेर उनी घाइते भएको रानी प्रहरीले जनाएको छ ।
Womui
Womui