आन्दोलनकारीलाई वार्तामा आउन तीन दलको अपिल

45

काठमाडौं, भदौ २३–
प्रमुख तीन दलले आन्दोलनरत पक्षलाई निःशर्त वार्तामा आउन अपील गरेका छन् । संविधानसभामा बुधबार साँझ बसेको तीन दलका शीर्ष नेताहरुको बैठकले बन्द हड्ताल फिर्ता लिन र वार्तामा आउन आह्वान गरेको हो । बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्ड लगायत नेताको सहभागिता रहेको थियो ।
तीनै दलका शिर्ष नेताले हस्ताक्ष गरेको विज्ञप्तीमा सार्वसाधारण जनतामा ठूलो कष्ट हुने गरी बन्द र आमहड्ताल जस्ता कार्यक्रम फिर्ता लिन, सार्वजनिक र सरकारी कार्यालय तथा निजी सम्पत्तिको तोडफोड र हिंसात्मक क्रियाकलापतर्फ आन्दोलनलाई जान नदिन तथा सबै समस्याको समाधान शान्तिपूर्ण लोकतन्त्रिक तवरबाट खोज्न तत्काल वार्तामा आउन हामी अपील गरिएको छ । शिर्ष नेताले वार्तामा आउन अन्तिम मौका दिएकोबताएका छन ।

Womui
Womui