भालुवाङमा राजधानी हुने भएपछि बुटवलमा विरोध प्रदर्शन

113

बुटवल- प्रदेश– ५ को स्थायी राजधानी दाङको भालुवाङमा हुने भएपछि त्यसको विरोध गर्दै बुटवलमा प्रदर्शन सुरु भएको छ। बुटवललाई नै स्थायी राजधानी बनाउनु पर्ने माग गर्दै बुटवलका मुख्य सडकमा टायर बालेर सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन गरिएको हो । प्रदर्शनकारीले प्रदेश सरकारविरुद्ध नाराबाजी लगाउँदै सरकारी गाडीमा तोडफोडसमेत गरिदिएका छन् ।

प्रदेश ५ सरकारले दाङको राप्ती गाउँपालिकाको भालुबाङमा राजधानी बनाउने प्रस्ताव शुक्रबार (आज) प्रदेश सभामा दर्ता भएको छ ।

Womui
Womui