कोरोना संक्रमण भएको १७ घण्टापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना

115


काठमाडौं– कोरोना भाइरसबाट संक्रमित भएकाृ १७ घण्टापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना भएका छन् । ह्वाइट हाउसले ट्रम्पलाई उपचारका लागि वाल्टर रीड नेसनल मिलिटरी मेडिकल सेन्टर लगिएको जनाएको छ । ट्रम्पलाई मध्यम खालको ज्वरो आएको छ ।

उनले आफू र प्रथम महिला मिलानिया ट्रम्पको कोभिड–१९ परीक्षण पोजेटिभ आएको बताएका थिए । कोरोना भाइरस संक्रमणको मध्यम लक्षण ट्रम्पमा देखिएको छ । अमेरिकामा एक महिनापछि राष्ट्रपति चुनाव हुँदैछ । आउँदो नोभेम्बर ३ मा हुने चुनावमा ट्रम्पले डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनसँग प्रतिस्पर्धा गर्ने छन् ।

हालै भएको पहिलो टेलिभिजन बहसमा ट्रम्पको प्रदर्शनलाई लिएर तीव्र आलोचना भइरहेको छ । सो बहसमा अरु सबैले मास्क लगाएका थिए, तर ट्रम्पको परिवारका सदस्यले मास्क लगाउनु पर्ने नियम अनिवार्य भए पनि अस्वीकार गरेका थिए । एजेन्सी

Womui
Womui