दाङको भालुवाङ प्रदेश ५ को राजधानी

273


छिनछिन खबर
काठमाडौं
– लामो रस्साकस्सीपछि प्रदेश ५ को राजधानी दाङको भालुवाङ हुने भएको छ । तत्कालीन शेरबहादुर देउवा सरकारले अस्थायी राजधानी बुटवल तोकेपछि सबैलाई पायक नपर्ने भन्दै विरोध भइरहेको थियो ।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको सल्लाह अनुसार ५ नम्बर प्रदेशको राजधानी भालुवाङ बनाउने प्रदेश सरकारले निर्णय गरेको हो । भालुवाङलाई केन्द्र मानेर अर्घाखाँची र प्युठानको भूगोल समेत प्रदेश राजधानीमा समेटिने छ । उक्त निर्णयसँगै भालुवाङ बर्दियादेखि नवलपरासी पश्चिम समेतलाई पायक पर्नेछ । चुरे पहाडको फेदमा र राप्ती नदीको किनारमा पर्ने भालुवाङ अर्घाखाँची र प्यूठान जिल्लासँग जोडिएको छ ।

Womui
Womui