डा. केसीको अवस्था जोखिमपूर्ण बन्दै

166
फाइल तस्बिर ।

काठमाडौं-  डा. गोविन्द केसीको अवस्था जोखिमपूर्ण बन्दै गएको छ । चिकित्सा शिक्षा सुधारको लागि १७ दिनदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्यअवस्था गम्भीर बन्दै गएपछि त्रिवि शिक्षण अस्पतालले विज्ञप्ति निकाल्दै जानकारी गराएको हो । अस्पतालका अनुसार डा. केसीको रगतमा चिनीको मात्रा र सिरम इलेक्ट्रोलाइट्स निकै कम भइसकेकाले उनको जीवन नै खतरामा परेको छ । डा. केसीमा कुनै पनि बेला मुटु र स्नायुसम्बन्धी समस्या आउनसक्ने र त्यसो भए ज्यानकै जोखिम हुने उल्लेख छ। अस्पतालका अनुसार उनको रगतमा ह्वाइट ब्लड सेल्सको मात्रा निकै न्यून हुँदा संक्रमणको ठूलो जोखिम छ।

अस्पतालद्वारा जारी विज्ञप्तिमा डा. केसीलाई बारम्बार चक्कर आउने, मुटुको धड्कन बढेको, छाती दुख्ने, जिउ गल्ने, शरीरका मांशपेशी दुख्ने/बाउँडिने लगायतका समस्या देखिएको जनाएको छ। डा. केसीलाई आइसीयूमा राखी निगरानी र उपचार व्यवस्था गर्नुपर्ने अवस्था भए पनि उनले सामान्य सलाइन लिनबाहेक अरु केही पनि नमानेको विज्ञप्तिमा उल्लेख छ। 

Womui
Womui