डा. गोविन्द केसीमाथि प्रहरीको दुर्व्यवहार, आकस्मिक कक्षबाट अनशन जारी रहने

404
डाक्टर गोविन्द केसी । फाइल तस्बिर ।

काठमाडौं– जुम्लामा भदौ २९ गते अनशन बसेका डा. गोविन्द केसीलाई जबर्जस्ती ट्रमा सेन्टर लैजाने क्रममा प्रहरीले दुर्व्यवहार गरेको छ । डा. केसी सोमबार जुम्लाबाट नेपालगन्ज आएका थिए । नेपालगन्जबाट काठमाडौं आएका उनलाई त्रिभुवन विमानस्थलमा प्रहरीले दुर्व्यवहार गरेको हो । डा.केसी त्रिभुवन शिक्षण अस्पतालमा अनसनका लागि जान चाहन्थे तर, प्रहरीले उनलाई जबर्जस्ती ट्रमा सेन्टर लैजाने क्रममा दुर्व्यवहार गरेको हो । ट्रमा सेन्टरमा बस्न नमानेपछि उनलाई अहिले शिक्षण अस्पताल लगिएको छ । केसीका सहयोगीका अनुसार केसीले ट्रमा सेन्टर नबस्ने अडान लिएपछि प्रशासनले शिक्षण अस्पताल लैजाने अनुमति दिएको हो ।

विभिन्न समसामयिक मागसहित चिकित्सा क्षेत्रमा व्यापक परिवर्तनको माग राख्दै १९ औं चरणको अनसन बसेका डा. केसी शिक्षण अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका छन् । उनले त्यहीबाट आमरण अनसन जारी राख्ने बताएका छन् ।

Womui
Womui