सामाजिक सेवा दिवसमा रक्तदान, ३५ पिन्ट संकलन

278

नेपालगन्ज–४१ औं सामाजिक सेवा दिवसको अवसरमा मंगलबार रक्तदान गरिएको छ । ‘सामाजिक क्षेत्र राष्ट्रिय गौरव’ भन्ने नारासाथ गैर सरकारी संस्था महासंघ नेपाल, बाँके शाखाको आयोजना तथा विभिन्न संघ संस्थाहरुको सहकार्यमा नेपालगन्जस्थित रक्त सञ्चार केन्द्रमा रक्तदान गरिएको हो ।

गैर सरकारी संस्था महासंघ बाँके शाखाका अध्यक्ष नमस्कार शाह, बासका निर्देशक हेमराज भट्ट, गैसस महासंघ बाँकेका सदस्य विष्णु सिंह ठकुरी, जानकी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष रमेश कुमार बर्मा, लक्ष्मण प्रसाद हरिजन, राजेशकुमार बर्मा, बिमल चन्द, लोकबहादुर घर्ती, तारा रोकाया, अनिल थापा मगर, विनक लाल मकडबरियालगायत ३५ जनाले रक्तदान गरेका छन् ।

दिवसको अवसरमा रक्तदान गर्ने रक्तदातालाई कार्यक्रममा प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख उमा थापा मगरले प्रमाण पत्र तथा टिसर्ट प्रदान गरेकी थिइन् । रक्तदान कार्यक्रम एक्सनएड नेपाल, सेभ द चिल्ड्रेन नेपाल, प्लान इन्टरनेशनल, बास नेपालगन्ज, सामाजिक विकास मञ्च र सन नेपाल लाइफ इन्स्योरेन्सको सहयोग तथा सहकार्यमा भएको हो ।

Womui
Womui