“वार्ताबाट समस्याको निकास खोजौं” : एमाले

42

काठमाडौ, भदौ २३ –
आन्दोलनरत पक्षलाई वार्तामा आएर समस्याका निकास खोज्न नेकपा एमालेले आब्हान गरेको छ । पार्टीअध्यक्ष केपी ओलीले आज पार्टी कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरेर आन्दोलनरत सबै पक्षलाई वार्तामा आउन आह्वान गरेका हुन् । आन्दोलनरत समुहले उठाएका माग अहिले पनि सम्बोधन गर्ने ठाउँ रहेको बताउँदै अध्यक्ष ओलीले आन्दोलनका कारण प्राप्त उपलब्धी समेत गुम्ने खतरा रहेको औल्याए । ‘आन्दोलनले प्राप्त उपलब्धीसमेत गुम्ने खतरा छ,’ उनले भने । उचित माग सम्बोधन गर्न आन्दोलनको आवश्यकता नरहेको ओलीको भनाई छ ।

Womui
Womui