तीन दलको बैठक जारी

21

काठमाडौं, भदौ २३–
संविधान निर्माणको जारी प्रक्रिया लगायतका विषयमा छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताको बैठक अहिले बसिरहेको छ । संविधान सभा भवन बानेश्वरमा केहीबेर अघि बैठक बसेको हो । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल लगायतका तीन दलका शीर्ष नेताको उपस्थिती रहेको छ । संविधान निर्माणको प्रक्रियाबाट फोरम लोकतान्त्रिक र राप्रपा नेपाल पनि बाहिरिएपछि आवश्यक छलफल गर्न बैठक बसेको जनाइएको छ । तीन दलभित्रैका थारु र मधेसी सभासदले जारी प्रक्रियालाई केही दिन रोकेर असन्तुष्ट पक्षसँग वार्ता गर्नुपर्ने माग चर्को रुपमा उठाएपछि त्यसबारे पनि बैठक केन्द्रित रहेको बताइएको छ ।

Womui
Womui