बेलभारमा बन्यो सुविधा सम्पन्न स्वास्थ्य चौकी

320

बाँके–गाउँघरमा जनतालाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको बेलभार स्वास्थ्य चौकी जानकी गाउँपालिकालाई हस्तान्त्रण गरिएको छ । हस्तान्त्रण गरिएको स्वास्थ्य चौकी कियोकाई पोका पोका फन्ड, जापानको सहयोगमा आड्रा र वातावरण तथा ग्रामीण विकास केन्द्र (इनरुडेक) को सहयोगमा स्वास्थ्यचौकीको स्तर वृद्धि गरिएको थियो ।

‘बेलभार स्वास्थ्य चौकी स्तरोन्नति परियोजना’ अन्तर्गत दातृ निकायले प्रसूति गृहसहितको स्वास्थ्य चौकी भवन मर्मत, नवीकरण र उपकरण खरिदमा सहयोग गरेका छन् ।
मंगलबार आड्रा नेपालका स्वास्थ्य टिम लिडर डा. घनश्यामकुमार भट्टले जानकी गाउँपालिका उपाध्यक्ष भूमिसरा धिताल भवन हस्तान्त्रण गरे । जानकी गाउँपालिका–०२ मा रहेको स्वास्थ्य चौकीमा गर्भवती सेवा तथा कर्मचारी आवासका लागि सुविधा सम्पन्न कोठा, सुरक्षित प्रसूति कक्ष, सुत्केरी सेवा कक्ष, निर्मलीकरण कर्नरलगायतका सुविधा उपलब्ध छन् । स्वास्थ्य चौकीमा नवजात शिशु स्याहारका लागि आवश्यक उपकरणहरुको पनि व्यवस्था भएको बताउँछन् परियोजना संयोजक तर्क बहादुर थापा ।

जापान सरकारको सहयोगमा आड्रा र वातावरण तथा ग्रामीण विकास केन्द्र(इन्रुडेक) को सहकार्यमा बाँके जिल्लामा संचालित एक अर्को परियोजना (नवजात शिशु तथा बाल स्वास्थ्य सुधार परियोजना) बाँके जिल्लामा कार्यान्वयनको चरणमा छ । परियोजनाले बाँके जिल्लाको भेरी अस्पताललगायत ४८ सरकारी स्वास्थ्य संस्थामा नवजात शिशु तथा बाल स्वास्थ्य सेवाका लागि अत्यावश्यक उपकरण उपलब्ध गराउने तथा ६ वटा स्वास्थ्य संस्थामा भौतिक पूर्वाधार निर्माण र स्तरोन्नति गर्ने योजनासहित काम गरिरहेको छ ।

परियोजनाले नवजात शिशु तथा बाल स्वास्थ्यको अवस्थामा सुधार ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँछन् परियोजना संयोजक थापा । उनले भने, ‘उपकरण तथा भौतिक सुविधासहितको संरचनाबाट विशेषगरी विपन्न वर्ग । समुदायका गर्भवती तथा सुत्केरी महिलाहरु, नवजात शिशु र पाँच वर्षमुनिका बालबालिकाहरुलाई प्रत्यक्ष लाभ हुने छ भन्नेमा म विश्वस्त छु ।’ आड्रा नेपालका स्वास्थ्य टिम लिडर डा. भट्टले स्थानीय सरकारको प्राथमिकतामा रहेको स्वास्थ क्षेत्रमा काम गर्ने अवसर प्रदान गरेकोमा स्थानीय सरकारलाई धन्यवाद दिए ।

Womui
Womui