टिकापुर घटनाको अभियोग लागेका लक्ष्मण थारु पक्राउ

37

बुटवल, भदौ २३–
प्रहरीले मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का केन्द्रीय सदस्य लक्ष्मण थारुलाई नियन्त्रणमा लिएको छ । कैलालीको टीकापुर घटनाबारे सोधपुछ गर्न भन्दै प्रहरीले आज थारु नेता चौधरीलाई भैरहवाबाट पक्राउ गरेको हो । थारु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । थारुलाई आजै कैलाली चलान गरिएको छ । भैरहवा निवासी देवी चौधरीको घरमा रहेको फोरम लोकतान्त्रिकको कार्यालयबाट लक्ष्मण थारुलाई प्रहरीले पक्राउ गरेको थियो ।
भैरहवामा आयोजित कार्यक्रमलाई सम्वोधन गर्न पुगेका बेला थारुलाई प्रहरीले पक्राउ गरेको फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीले बताए । थारु पूर्वमाओवादी लडाकूका कमाण्डर हुन् । माओबादी परित्याग गरी उनी शान्ति सम्झौतापछि फोरम लोकतान्त्रिकमा प्रवेश गरेका थिए ।

Womui
Womui