गोली लागेर सप्तरीमा एक प्रर्दशनकारीको मृत्यु

35

सप्तरी, भदौ २३–
प्रहरीको गोलीबाट सप्तरीको भारदहमा आज एक जनाको मृत्यु भएको छ । राजमार्गमा ढालेको रुख हटाउने क्रममा सुरक्षाकर्मीमाथि आक्रमण भएपछि प्रतिकारमा गोली चलाउँदा पोर्ताह–१ निवासी ६० बर्षिय रामकृष्ण राउतको मृत्यु भएको हो । भारहदमा प्रहरी र प्रदर्शनकारीबीच गएराती पनि भडप भएको थियो ।
प्रदर्शनकारीले इलाका प्रहरी कार्यालय भारदहको पूर्व र पश्चिम दुई ठाउँमा रुख ढालेर राजमार्ग अवरुद्ध गरेपछि प्रहरी टोली रुख हटाउन पुगेको हो । प्रहरीले रुख हटाउन खोजेपछि बन्दकर्ताले अवरोध गर्दा झडप सुरु भएको थियो । त्यसक्रममा प्रहरीले गोली चलाउँदा राउतको छातीमा गोली लागेको थियो । आन्दोलन चर्काउन हिजोदेखि नै राष्ट्रिय मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय भारदहमा छन् ।

Womui
Womui