बाँकेमा संक्रमित संख्या बढ्दै, मृतक संख्या ६ पुग्यो

43

नेपालगन्ज–कोरोना भाइरसका कारण नेपालगन्जमा मृत्युमा हुने संख्या ६ पुगेको छ । बिहीबार नेपालगन्जकी ७० वर्षीया महिलाको मृत्यु भएसँगै उक्त संख्या पुगेको हो । छातीमा समस्या आएपछि अस्पतालमा भर्ना भएकी महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । भदौ ३ गते उनलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना गरिएको थियो । स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई शिक्षण अस्पताल कोहलपुरको भेन्टिलेटरमा राखिएको थियो । निमोनिया भएकी महिलाको बिहीबार बिहान ११ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

यसैगरी बाँकेमा कोरोना संक्रमितको संख्या ९ सय ५३ पुगेको छ । बिहीबार ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको फोकल पर्सन श्रेष्ठले बताए । संक्रमितमा कोरोना परीक्षण भइरहेको भेरी अस्पतालका दुई विशेषज्ञ महिला डाक्टर, नेपाली सेनाका ६ जना रहेको स्वास्थ्य कार्यालयले बताएको छ । अन्य संक्रमितमा नेपालगन्ज, खजुरा, जानकी र राप्ती सोनारी गाउँपालिकाका स्थानीय रहेका छन् । बाँकेमा संक्रमित भएकामध्ये ६ सय ८२ निको भएर घर फर्किसकेका छन् । २ सय ६५ आइसोलेसनमा छन् ।

Womui
Womui