तरुण दलले रक्त दान गर्दै

225

बाँके–तरुणदल खजुरा गाउँपालिका कार्यसमितिले शनिबार बृहत रक्तदान कार्यक्रम गर्ने भएको छ । बाँके खजुरास्थित दिपक बोर्डिङ स्कुलमा आयोजना गरिने कार्यक्रममा करिब १ सय जनाले रक्तदान गर्ने तरुणदल खजुरा गाउँपालिले जनाएको छ । तरुणदल खजुरा गाउँपालिका कार्यसमिति अध्यक्ष कोमल सिहले बाँकेमा रगत अभाव हुन नदिनको लागि रक्तदान कार्यक्रम गर्न लागेको बताए । उनले भने, ‘लकडाउनका कारण रक्तसंचार केन्द्रमा रगत अभाव भएको खबर मिडियामा आइरहेको छ । लकडाउनका कारण रगत दिनेको संख्या पनि कम छ । रगतको कारणले बिरामीको ज्यान जान सक्ने अवस्था आउनु हुन्न भनेर रक्तदान कार्यक्रम गर्न लागेका हौं ।’
नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्त संचार केन्द्र नेपालगन्ज बाँकेको समन्वयमा हुन लागेको कार्यक्रम खजुरा क्षेत्रका जनतालाई रक्तदान गर्नका लागि सार्वजनिक रुपमा अपिल गरिएको अध्यक्ष सिहले बताए ।

तरुणदल खजुराले यसअघि साउन ३१ गते रक्तदान गर्ने तयारी गरेको थियो । कोरोना कारणले तोकिएको समयमा आयोजना गर्न समस्या देखिएपछि स्थगित गर्न परेको सिहले बताए । रगत अभाव भएको खबर संचार माध्यममा आएपछि पछिल्लो साता रक्तदान गर्नेको संख्या बढेको छ । बुधबार कर्मचारी मिलन केन्द्र बाँकेले आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय ८ जनाले रगत दिएका थिए ।

रक्तदान कार्यक्रममा कमी आएपछि बाँकेमा पछिल्लो समय रगत अभाव भएको थियो । सञ्चित रगत सकिँदै गएपछि केही दिन यता रक्त संचार सेवा केन्द्र बाँकेले दिँदै आएको सेवामा समेत असर गरेको थियो ।

Womui
Womui