त्रिपाठीद्वारा उपमहानगरपालिका र सहरी विकासबाट सूचना माग

88

नेपालगन्ज – विकासको गतिमा ठाउँ ठाउँमा अवरोधहरु उत्पन्न हुन थालेपछि नेपालगन्ज–६, फुल्टेक्रा निवासी चन्द्रेश्वरराज त्रिपाठीले नेपालगन्ज उपमहानगरपालिका र क्षेत्रीय शहरी विकास कार्यालय नेपालगन्ज–बाँकेबाट छुट्टा–छुट्टै सूचना माग गरेका छन् । नेपालको संविधान २०७६ को धारा २७ तथा सूचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ३ अनुसार तपसिलमा उल्लेखित सूचना तथा विवरण प्रमाणित प्रतिलिपि उपलब्ध गराई दिन सम्बन्धित कार्यालयहरुमा सूचना दर्ता गराएको त्रिपाठीले जानकारी दिए ।

नेपालगन्ज उपमहानगरपालिकासित माग गरिएको सूचनामा एडीबी परियोजना मार्फत् नेपालगन्ज उपमहानगरपालिका भित्र बनाइएको नाला, बाटो के कति मापदण्ड अनुसार बनाईएको छ र कति किलोमिटरसम्म बनाइएको छ, यसमा उपमहानगरपालिकाको भूमिका के कति रहेको छ । उक्त बनाOएको मापदण्ड अनुसारको बाटो हालसम्म कहाँ–कहाँ अवरोध भएको अवस्था रहेको तथा सो अवरोध पछि पुनः मापदण्ड अनुसार बनाउन उपमहानगरपालिकाले के भूमिका निर्वाह गरेको छ भन्ने सूचनामा उल्लेख गरिएको छ ।

त्यस्तै नेपालगन्ज उपमहानगरपालिकाबाट उपलब्ध गराइने सूचना, जानकारी, सचेतनामूलक सन्देशलगायतबाट नेपालगन्जमा रहेका सञ्चार माध्यमहरु (अनलाइन, पत्रपत्रिका, रेडियो, टि.भि.) लाई मात्र वार्षिक के कति भुक्तानी गरिएको छ । सो सम्बन्धित सञ्चार क्षेत्रको नाम समेत उल्लेख गरि विवरण उपलब्ध गराई दिनु हुन अनुरोधका साथै उपमहानगरमार्फत आउने ०७७/०७८ का महत्वपूर्ण योजनाहरु के–के छन् । तिनीहरुको प्रक्रिया कहाँसम्म पुगेको छ भन्ने सूचनामा उल्लेख गरिएको छ ।

यसैगरी क्षेत्रीय शहरी विकास कार्यालय नेपालगन्ज–बाँकेबाट एडिबि परियोजना मार्फत नेपालगन्ज उपमहानगरपालिका भित्र बनाईएको नाला, बाटो के कति मापदण्ड अनुसार बनाईएको छ र कति किलोमिटरसम्म बनाईएको छ । उक्त बनाईएको मापदण्ड अनुसारको बाटो हालसम्म कहाँ–कहाँ अवरोध भएको अवस्था रहेको तथा सो अवरोध पछि पुनः कहाँ कहाँ बनाईयो तथा बनाउन बाँकी रहेका छन् भनी सूचना माग गरिएको छ भने नाला, बाटो बनाउन त्यस कार्यालयबाट के कति मापदण्ड अपनाइएको तथा कुन ठेकेदार कम्पनीबाट बाटो निर्माण गराईएको तथा त्यसको कुल लागत कति लागेको छ, फुल्टेक्राको आँखा अस्पतालदेखि आर्मी व्यारेकसम्मको मापदण्ड कति हो । सो मापदण्ड अनुसार बाटो बनाइएको छ वा छैन् । नबनेको बाटो कहिले सम्म बन्ने छ भनी सूचना माग गरिएको हो ।

सूचनाको बोधार्थ राष्ट्रिय सूचना आयोग, काठमाण्डौ र जिल्ला प्रशासन कार्यालय बाँकेलाई पठाइएको छ ।

Womui
Womui