काठमाडौंमा एक हप्ता थपियो निषेधाज्ञा

113

काठमाडौं–काठमाडौं उपत्यकामा एक हप्ताका लागि निषेधाज्ञा थपिएको छ । भदौ ३ गतेदेखि सुरु भएको निषेधाज्ञालाई एक हप्ता लम्ब्याइएको हो । निषेधाज्ञा भदौ १७ गते राति १२ बजेसम्मका लागि काठमाडौं जिल्ला भर लागू हुने गरी लम्ब्याइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले उपत्यकाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर र जनस्वास्थ्य कार्यालयका अधिकारीसँग छलफलपछि निषेधाज्ञा थप गर्ने निर्णय हो ।

निषेधाज्ञामा औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामबाहेक बाहिर निस्कनमा बन्देज लगाइएको छ भने बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्नेछ । त्यस्तै अत्यावश्यकीय सामाग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकायबाहेक सवारी सञ्चालनमा रोक लगाइएको छ ।

Womui
Womui