पाटे बाघ अवलोकनदेखि हात्ती, जंगल सफारीको केन्द्र बाँके निकुञ्ज

196

देशकै कान्छो निकुञ्जका रूपमा विक्रम संवत् २०६७ साल असार २८ गते स्थापना भएको बाँके राष्ट्रिय निकुञ्जमा पूर्वाधार निर्माणसँगै पर्यटकीय गन्त्वय बन्दै गएको छ । पाटे बाघ संरक्षणका विस्तार भएको निकुञ्जमा दर्जनौं पर्यटन आकर्षण केन्द्रहरू निर्माण गरिएका छन् । कुल ५५० वर्ग किलोमिटर क्षेत्रफल रहेका निकुञ्ज र मध्यवर्ती क्षेत्र बाँके, दाङ र सल्यान जिल्लाको ३४३ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । विश्वमै दुर्लभ वन्यजन्तु पाटेबाघको संरक्षण गर्नको लागि स्थापित निकुञ्जमा आन्तरिक र बाह्य पर्यटन आगमन सुरु भएको छ । निकुञ्जमा जैविक, प्राकृतिक, जीवजन्तुबाट पर्यटन आकर्षण सम्भावनासँगै सिमसार क्षेत्र, डाँडाकाँडा, खोला नदीनाला लक्षित गरी पर्यटन विस्तार भएको छ ।

बाँके राष्ट्रिय निकुञ्जले पर्यटकीय विकासका लागि राप्तीसोनारीका कुसुम, समशेरगन्ज र महादेवपुरी क्षेत्रमा घाँसे मैदान निर्माण गरेको छ । अहिले आधा दर्जन घाँसे मैदान विस्तार गरी पर्यटन केन्द्र बनाएको छ । जसमा सिमसार क्षेत्रका रूपमा रहेको गिद्धेनी घाँसे मैदान पनि हो । महादेवपुरी चुनभट्टी, बुच्चापुर, ठुरिया र गोठेरेमा घाँसे मैदान छन् । जहाँ मचान, पानी पोखरी, संकेत निर्माण, सवारी साधन बाटो र पैदलयात्राका लागि बाटो बनाएको छ । घाँसेमैदानमा पानी पोखरी, पानीको लागि बाँध, निकुञ्जका चराचुरुङ्गी र जनावार अवलोकन गर्ने गरी भ्यू टावर निर्माण गरिएको छ । १२ महिना पानी जम्ने र बग्ने स्थलका रूपमा घाँसे मैदानलाई सिमसार क्षेत्रका रूपमा समेत निकुञ्जले व्याख्या गरेको छ । पोखरी निर्माण, पानी जम्ने स्थल र घाँसे मैदानको चारैतिर घना जंगली झाँडी रहेकोले घाँसे मैदानमा निकुञ्जका जनावार र चुराचुरुङ्गी हेर्ने र घुम्न लायक छ । यहाँ घुम्न नेपाली नागरिकलाई प्रति व्यक्ति १०० र विदेशी पर्यटकलाई १,००० टिकट व्यवस्था छ । निकुञ्जमा पर्यटन आकर्षणका लागि जंगली सफारी सुरु भएको छ । निकुञ्जले सफारीका लागि बाँके, दाङ र सल्यान जिल्लासम्मका क्षेत्रमा सफारी गर्न मिल्ने गरी चारवटा सडक सञ्जाल विस्तार गरेको छ । निकुञ्जले खड्गवार–सल्यान घुइयाबारी, ठुरियाखोला–हातीदमार सल्यान, अगैया–पानीमुहान दाङ र सुतैया–ओभरीसम्म जंगलरी सफारी र पैदलयात्रा गर्न मिल्ने सडक बनाएको छ । सफारीका लागि नेपालीलाई प्रतिव्यक्ति १,०० रूपैयाँ, सार्क देशका नागरिकलाई ७,०० रूपैयाँ र अन्य विदेशी पर्यटकलाई १,००० रूपैयाँको टिकट व्यवस्था गरेको छ ।

पाटे बाघ संरक्षणका लागि विस्तार भएको बाँके निकुञ्जमा अहिलेसम्म २१ वटा बाघ रहेका छन् । निकुञ्जको ७० प्रतिशत भूभाग राप्तीसोनारी गाउँपालिका अन्तर्गत पर्ने हुँदा राप्तीसोनारीले यहाँबाट पर्यटन आकर्षण गर्न सक्छ । विश्वमै दुर्लभ पाटेबाघ संरक्षणका लागि स्थापना भएको निकुञ्जमा पाटेबाघ अवलोकन नै पहिलो आकर्षण हो । निकुञ्जमा अहिले ६ वटा हात्ती हात्तीसारका लागि राखिएको छ । यहाँ बर्दिया निकुञ्ज हुँदै जंगली हात्ती आउने गरेका छन् । यहाँ दर्जनौं संख्यामा अजिङ्गर सर्प छन् । यहाँ दुई सय बढी प्रजातिका चराचुरुङ्गी र जीवजनावरको बासस्थान रहेकोले पनि पर्यटकीय अवलोकन र अनुसन्धानका लागि महत्वपूर्ण छ । यहाँ १२४ वनस्पति प्रजाति, ८ ईको सिस्टम, ८३ प्रजातिका रुख, ५ प्रजातिका लहरा तथा ३६ प्रजातिका झाँडीहरू रहेको छ । यस निकुञ्जमा ३०० प्रजातिका चरा, सरिसृप २२ जाति, उभयचर ७, माछा ५५ जातिका रहेका छन् । नेपालमा १९८ वयस्क पाटेबाघ मध्ये २१ वटा बाँके निकुञ्जमा रहेको पहिचान भएको छ । यहाँ बाघसम्बन्धी अध्ययन, जानकारी लिन सकिन्छ । यहाँ जनावार, चुराचुरुङ्गी, प्राकृतिक मनोरम, वन्यजन्तु, जडीबुटी, डाँडाकाडा, बबई र राप्ती नदीमा घुम्न लायक रहेको छ । निकुञ्जमा सफारीका क्रममा पाटे बाघ, जंगली हात्ती, भालु, चितुवा, हुडार, चौका, निलगाई, सुनगोेरी अवलोकन गर्न सकिन्छ । यहाँ जनावर, चुराचुरुङ्गी, प्राकृतिक मनोरम, वन्यजन्तु, जडीबुटी, डाँडाकाँडा, बबई र राप्ती नदी घुम्न लायक रहेको छ ।

बाँके राष्ट्रिय निकुञ्जले आन्तरिक र बाह्य पर्यटन पवद्र्धन गर्न राप्तीसोनारी–९ स्थित बुच्चापुरमा हात्तीसार स्थापना गरेको छ । यो स्थानबाट हात्ती चढ्ने, घुम्न जाने र हेर्ने मिल्ने गरी निकुञ्जले हात्तीसार निर्माण गरेको हो । हात्तीसारबाट बाँके निकुञ्जमा हात्तीमा सफारी गर्न सकिन्छ । बुच्चापुरमा हात्ती बस्ने चेडघर, कर्मचारी बस्ने घर हात्तीका लागि दानापानी खुवाउने पूर्वाधार निर्माण छन् । यहाँ अहिले ६ हात्तीसहित अस्थायी दरबन्दीका लागि काजमा आएका आठजना माउत, पछुवा र फनित नियुक्ति गरिएको छ । यहाँबाट निकुञ्जले पर्यटकीय रूपमा हात्तीसार स्थापना गरेको छ । हात्तीसारमा सवारका लागि नेपालीका लागि ५,००, सार्क व्यक्तिका लागि १,५०० र तेस्रोमुलुकका नागरिकका लागि २,५०० रूपैयाँ तोकिएको छ । यो मूल्यदर प्रतिव्यक्ति एक घण्टा सवारका लागि हो । व्यवसायिक रूपमा पर्यटन लक्षित गरी विक्रम संवत् २०७२ सालबाट हात्ती चढ्न सुरु भएको छ । अहिले स्वदेशी र विदेशी पर्यटकहरूले यहाँ आएर हात्तीमा सवार गर्ने गर्छन् । यहाँ अहिले दुईवटा हात्ती रहेका छन् । राप्तीसोनारी– ८ स्थित नयाँ गाउँमा समेत हात्तीसार बनाइएको छ । पूर्वपश्चिम राजमार्गको ५० मिटर उत्तरमा बाँके राष्ट्रिय निकुञ्जभित्र हात्तीसार रहेको छ । यहाँ महादेवपुरी बुच्चापुर हात्तीसारबाट बिहान हात्ती चराउन र सफारीका लागि ल्याउने गरिएको छ । बेलुका बासका लागि बुच्चापुर लग्ने गरिन्छ । यी दुई स्थानबाट हात्तीमा सफारी गर्न सकिन्छ ।

Womui
Womui