कोरोना संक्रमणले ११ को मृत्यु

67

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको संक्रमणले ११ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमका अनुसार दुई महिला र ९ पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङकी ४६ वर्षीया महिला, भक्तपुरकी ५३ वर्षीया महिला, कैलालीका ४५ र ५० वर्षीय पुरुष, महोत्तरीका ६०, ७३ र ७५ वर्षीय पुरुष, बाँकेका ३७ वर्षीय पुरुष, काठमाडौंका ५१ वर्षीय पुरुष, बाराका ४१ र ४६ वर्षीय पुरुषको रहेका छन् ।

Womui
Womui