कोरोनाले लियो थप ७ को ज्यान, मृत्यु हुनेको संख्या नेपालमा १६४

30

काठमाडौं– कोरोना भाइरसको संक्रमणले नेपालमा थप ७ जनाको ज्यान लिएको छ । पछिल्लो २४ घण्टामा काठमाडौंका ३ जनासहित ७ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा. जागेश्वर गौतम जानकारी दिएका छन् । कोरोनाको संक्रमणले ज्यान गुमाउनेमा काठमाडौंका ७४ र ६६ वर्षीय पुरुष तथा ७१ वर्षीया महिला रहेका छन् भने सिरहाका २२ वर्षीय पुरुष, पर्साका ६८ वर्षीय पुरुष, धनुषाका ७६ वर्षीय पुरुष र रुपन्देहीका ५३ वर्षीय पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोनाको संक्रमणले ज्यान गुमाउनेको संख्या १६४ पुगेको छ।

Womui
Womui