कांग्रेसमा प्रवेश गर्नेको संख्या बढ्दै, २ सय बढी युवाले गरे पार्टी प्रवेश

107

बाँके (शमशेरगन्ज)–पछिल्लो समय राप्ती सोनारी गाउँपालिकामा रहेका स्थानीयको नेपाली कांग्रेसमा प्रवेश गर्नेको संख्या दिन प्रतिदिन बढिरहेको छ । यस अघि राप्तीसोनारीका विभिन्न वडामा रहेका करिब २ सय हाराहारी संख्याका स्थानीयले नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । देशमा राजनीतिक क्रान्ति सफल भइसकेपछि अग्रपंक्तिमा रहेका नेतृत्वले आर्थिक सामाजिक क्रान्तिको नेतृत्व गर्न असफल रहेको बताउँदै विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेको जमात राप्ती सोनारी गाउँपालिकामा उल्लेख्य मात्रामा बढेको हो ।

यसैबीच मंगलबार नेपाली कांग्रेसमा विभिन्न पार्टी परित्याग गरी ठूलो संख्यामा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । युवा संघ बाँकेका सदस्यहरु नरहरि भण्डारी र हरभक्त ओली, नेकपा राप्ती सोनारीका सदस्यलगायत १०५ जना युवाले नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । विभिन्न पार्टी परित्याग गरेका १०५ युवाले नेपाली कांग्रेसको सदस्यता लिएको कार्यक्रमका सभापति रहेका राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष कान्छा थारुले बताए ।

नवप्रवेशी सदस्यलाई कार्यक्रमका प्रमुख अतिथि रहेका नेपाली कांग्रेस बाँकेका उपसभापति फूलाराम थारु, विशिष्ट अतिथि नेपाली कांग्रेस बाँकेका सचिव तप्त पौडेल, विशिष्ट अतिथि रहेका नेपाली कांग्रेस राप्ती सोनारी गाउँपालिकाका क्षेत्रीय सभापति माधवराम खत्री र विशेष अतिथि रहेका राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुलगायतले एक कार्यक्रमकाबीच नेपाली कांग्रेसमा प्रवेश गराएका हुन् ।

नेपाली कांग्रेस सामाजवादी–जनवादी राजनीतिक दल भएकाले दलको मर्मलाई आत्मसात गर्नु पर्नेमा कार्यक्रमका वक्ताले नवप्रवेशी युवामा आग्रह गरेका थिए । अहिले राजनीतिक दलमा देखिने गुट उपगुटले गर्दा जनताको विश्वास राजनीतिक दलप्रति घट्दै गएको बताउँदै नेपाली कांग्रेसमा समाहित नेता, कार्यकर्ता एकजुट र एकढिक्का भएर अघि बढ्नुको विकल्प नरहेको कार्यक्रमका वक्ताहरुले बताएका थिए ।

Womui
Womui