सर्पको टोकाइबाट ८ को मृत्यु

196

नेपालगन्ज–बाँकेमा सर्पको टोकाइबाट पछिल्लो तीन महिनामा ८ जनाको मृत्यु भएको छ । तराईमा रहेक वर्ष मानिसले सर्पको टोकाइ कारण ज्यान गुमाउँदै आएका छन् ।
बाँके सर्पदंशको उच्च जोखिमा रहेको जिल्लामा पर्छ । भेरी अस्पताल नेपालगन्जको तथ्यांक अनुसार जेठ अन्तिम सातादेखि भदौको पहिलो सातासम्म १ सय ७० जनालाई सर्पले डसेको छ । त्यसमा उपचारका क्रममा ८ जनाको मृत्यु भएको भेरी अस्पतालले जानकारी गराएको छ ।
भेरी अस्पतालमा आउने बिरामीलाई लक्षणका आधारमा उपचार गरिने गरेको बताउँछन् । सर्पदंशको बारेमा तथ्यांक संकलन गरिरहेका हेल्थ अस्टिटेन्ट पुपेन्द्र शाही । उनले भने, ‘अहिले भेरीको इमरजेन्सीमा प्राय हरेक दिन सर्पदंशका बिरामी आउने गरेका छन् । सर्पको टोकाइले लक्षण देखिएका बिरामीलाई तुरन्त उपचार सुरु गरिन्छ । लक्षण नदेखिएका र कम बिशालु सर्पले टोकेर लक्षण नदेखिएकालाई १२ देखि २४ घण्टा निगरानीमा राखिन्छ ।’
शाहीका अनुसार लक्षण देखिएकालाई अस्पतालले ‘एन्टी स्नेक भेनप’ औषधि प्रयोग गरेर उपचार गरिन्छ । सर्पले बिष छोड्न नपाएको ‘ड्राइ बाइट’ अवस्थामा बिरामीलाई निगरानीमा राखिन्छ । अस्पतालका अनुसार पछिल्लो तीन महिनामा ९० जना ‘ड्राइ बाइट’ र ८९ जना जनालाई औषधि प्रयोग गर्नु परेको थियो ।
भेरी अस्पतालमा बर्दिया, दाङ, कैलाली, धनगढी, सुर्खेतबाट पनि सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन् । विज्ञ डाक्टर, आइसीयुको व्यवस्था भएकाले पनि भेरीमा सर्पदंशको बिरामी धेरै आउने गरेको हेल्थ अस्टिटेन्ट शाहीले जानकारी गराए ।

Womui
Womui