संविधान नबने राजतन्त्र फर्किन सक्ने दाहालको आशंका

107

काठमाडौं, भदौ २३–
एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले निर्धारित समयमा संविधान नबने राजतन्त्र फर्किन सक्ने बताएका छन् । एमाओबादी निकट मधेसी नेताहरुसँगको भेटघाट कार्यक्रममा अध्यक्ष दाहालले राजतन्त्र फर्काउने खेल सुरु भएकाले आफूले संविधान निमार्णमा ढिलाई गर्न नचाहेको प्रष्ट्याए ।

दाहालले प्राप्त उपलब्धिहरु गुम्ने खतरा बढ्दै गएपछि संविधान निमार्णलाई चाँडो टुंगाउन लागिपरेको बताए । ‘संविधान निमार्ण जति ढिलो हुन्छ, त्यति राजतन्त्र फर्काउन खोज्नेहरुको शक्ति बढ्दै जान्छ, त्यसैले गणतन्त्रको रक्षा गर्न पनि संविधान निमार्ण चाँडो गर्न खोजिएको हो,’ उनले भने । भेटघाटमा अध्यक्ष दाहालले राजतन्त्र फर्काउनका लागि विभिन्न शक्ति केन्द्र लागि परेको र त्यो शक्ति बलियो हुदै गएको सुनाएका थिए । राजावादी शक्ति हावी हुँदै गएपछि माओवादीले लचकता अपनाएर संविधान निर्माणमा लागि परेको अध्यक्ष दाहालको भनाई छ ।

Womui
Womui