एक महिनामा मध्यपश्चिमको मानव अधिकार अवस्था यस्तो पाईयो

38

नेपालगन्ज, भदौ २३–
सिमांकनमा असहमती जनाउँदै गरिएको बन्दका क्रममा मध्यपश्चिम क्षेत्रमा ६ जनाले ज्यान गुमाएका छन । यस क्षेत्रमा अहिले सम्म २ सय १ जना घाईते भएको पाइएको छ । मानव अधिकार सञ्जाल नेपालगन्जकातर्फबाट इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो जनाइएको हो । सार्वजनिक प्रतिवेदन अनुसार सुर्खेतमा ३ तथा बाँके, बर्दिया र जुम्लामा १/१ जनाको ज्यान गएको छ । सबैभन्दा बढी सुर्खेतमा ९७, बाँकेमा ३६, जाजरकोटमा २४, बर्दियामा २०, जुम्लामा १९ र रुकुममा ५ जना घाईते भए । आन्दोलनका क्रममा ३४ वटा विभिन्न प्रकारका सवारी साधन आगजनी र तोडफोड भएका छन् । जसमध्ये सुर्खेतमा ३, जुम्लामा ५, दाङमा ४, बर्दियामा ५ र बाँकेमा १९ वटा सामान्य तोडफोड गरिएको छ । बन्दका क्रममा आन्दोलनकारीले ५६ वटा सरकारी तथा निजी कार्यालय, पार्टी कार्यालयमा क्षति पु¥याएका छन् ।

प्रतिवेदन सार्वजनिक गर्दै इन्सेकका भोला महत ।
प्रतिवेदन सार्वजनिक गर्दै इन्सेकका भोला महत ।

प्रतिवेदन अनुसार मुगुका १८, सुर्खेतका ११, जुम्लामा ५ वटामा आगजनी र १७ वटा तोडफोड, जाजरकोटमा ३, रुकुम तथा बर्दियामा १/१ वटा कार्यालयमा तोडफोड गरिएको छ । बन्दले विशेषगरी शिक्षा, स्वास्थ्य, खाद्य अधिकारका क्षेत्रमा नराम्ररी असर पु¥याएको प्रतिवेदन उल्लेख गरिएको छ । एक महिना सम्म चलेको बन्दले शिक्षा, स्वास्थ्य, खाद्य अधिकारका क्षेत्रमा प्रत्यक्ष असर पुगेको भन्दै प्रतिवेदनमा भनिएको छ, ‘मानव अधिकारको सर्वव्यापी मान्यता अनुरुप प्रत्येक मानिसको बाँच्न पाउने अन्र्तनिहित अधिकारको जोड दिन चाहन्छौ, यस अधिकारबाट कसैलाई पनि बन्चित गर्नु उच्चतम फौजदारी अपराध हो ।’ सञ्जालका तर्फबाट इन्सेकका क्षेत्रीय संयोजक भोला महतले उक्त प्रतिवेदन सार्वजनिक गरेका थिए ।
2 Human सो अवसरमा राष्ट्रिय मानव अधिकार आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेल, गैर सरकारी संस्था महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष गोपालनाथ योगी, मानव अधिकार एलायन्सका केन्द्रिय उपाध्यक्ष सुरेशकुमार गौतम, एड्भोकेसी फोरमका बसन्त गौतम, गैसस बाँकेका अध्यक्ष प्रभातसिंह ठकुरी, फात्तिमा फाउण्डेशनकी कार्यबाहक अध्यक्ष मैमुना सिद्धिकी, अधिकारकर्मी रुबी खान लगायतले समसामयिक अवस्थाबारे धारणा राखेका थिए ।3 Human

640 × 480

Womui
Womui