काठमाडौं उपत्यकामा बुधबार राति १२ बजेदेखि निषेधाज्ञा

30

नेपालगन्ज–काठमाडौं उपत्यकामा बुधबार राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी भएको छ । भदौं १० गते एक सातासम्म लागू हुने गरी काठमाडौं जिल्लाभर निषेधाज्ञा लागू गरिएको हो । उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको बैठकले एक साताका लागि निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार, व्यवसाय संचालन गर्न, औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्कन, अत्यावश्यक सामग्रीलगायत मालवाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधन काठमाडौं जिल्लाभित्र प्रवेश गर्न, जिल्लाभित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुवाहक सवारीसाधन संचालन गर्नेलगायतका गतिविधि गर्न निषेध गरिएको छ ।

Womui
Womui