पत्रकारमाथि धम्की र टिप्पणी विरुद्ध महासंघको ध्यानाकर्षण

38

नेपालगन्ज, भदौ २२–

पत्रकारविरुद्ध सामाजिक सञ्जालमा आएका अभिव्यक्ति तथा धम्कि, आक्रमण लगायतका कार्यलाई मध्यनजर गर्दै तथ्यगत अध्ययन अनुगमन गर्न र तत्काल देखिन आएका समस्याको पहिचान गरि समुचित निकास यथासिघ्र दिन पत्रकार महासंघ बाँकेले घटना अध्ययन तथा अनुगमन समिति गठन गरेको छ । महासंघ बाँकेको आज बसेको आकस्मिक भेलाले अध्यक्ष रुद्र सुवेदीको संयोजकत्वमा समिति गठन गरेको हो । समितिको सदस्यहरुमा हेमन्त कर्माचार्य, मोहम्मद हारुन, राकेश कुमार मिश्र र ठाकुरसिंह थारु रहेको सचिव तिलक गाउँलेले विज्ञप्ती मार्फत जानकारी दिएका छन् ।
यस्तै मधेसी मोर्चा र थरुहट आन्दोलनका नाममा चलाइएका विभिन्न कार्यक्रम र आन्दोलनरत पक्षले आक्रोसको तारो सञ्चार क्षेत्रलाई बनाउने मनसायबाट अभिप्रेरित भई सामाजिक सञ्जाल फेसबुकमा भ्रामक टिका–टिप्पणी भइरहेको भन्दै महासघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । यस प्रकारका गतिविधिले सिंगो प्रेस स्वतन्त्रतामाथि प्रहार भएको ठहर गर्दै यस्ता गतिबिधि निषेध गर्नका लागि सम्बन्धित पक्षहरुसँग आग्रह गरिएको छ । सुचना प्रवाहमा खटिने पत्रकारलाई निर्वाध रुपमा समाचार संकलन र सम्प्रेषणको कर्तव्य निर्वाहमा कुनै किसिमको बाधा व्यवधान श्रृजना नगर्न नगराउन विज्ञप्ती मार्फत महासंघले अनुरोध गरेको छ ।

Womui
Womui