गोंगबुका गुण्डा नाइके पक्राउ

73
काठमाडौं, भदौ २२
महानगरीय प्रहरी अपराध महाशाखाले गुन्दागर्दीमा संलग्न भएको अारोपमा साजन महर्जनलाई पक्राउ गरेको छ। महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालसम्मिलित प्रहरी टोलीले  काठमाडौंको गोंगबुबाट महर्जनलाई पक्राउ गरेका हो। गोंगबु, मनमैनु, फुटुङ, टोखा, झोर लगायतका स्थानमा उनले संगठित रुपमा नै गुन्डागर्दी गर्ने गरेको प्रहरीले जनाएको छ।
केही समयअघि गोंगबु क्षेत्रमा नै गुन्दागर्दी गर्दै आएका कुमार घैंटेलाई प्रहरीले इन्काउन्टर गरेको थियो। महर्जनले जनतालाई त्रर्साउने, धम्क्याउने, रकम माग गर्ने गरेको प्रहरीले जनाएको छ। महर्जनले अवैध बालुवा खानी सञ्चालन पनि गरेका छन्। महर्जनले चन्दा असुली उठाउन थालेपछि पछिल्लो समय महाशाखामा उजुरी परेको थियो। उजुरीपछि प्रहरीको निगरानीमा रहेका महर्जन दिउँसो पक्राउ परेका हुन्।
Womui
Womui