उपचारका क्रममा मृत्यु भएका युवकमा कोरोना संक्रमण

51

वीरगन्ज- उपचारका क्रममा मृत्यु भएका युवकमा कोरोना भाइरसको संक्रमण देखिएको छ। जिल्लास्थित नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएका रौतहटका ३२ वर्षीय विजय शाहमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको हो । क्षयरोगका बिरामी शाहको उपचार क्रममा गत राति ८ बजे मृत्यु भएको थियो। मृतकको स्वाब संकलन गरिएकोमा आइतबार (आज) साँझ आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको अस्पताल स्रोतले जनाएको छ ।

Womui
Womui