जनकपुरमा झडप हुँदा मधेसी मोर्चाका जिल्ला स्तरीय नेता घाइते

33

जनकपुर, भदौ २२

जनकपुरको भानुचोकमा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले लाठी चार्ज गर्दा मधेसी मोर्चाका जिल्ला स्तरीय नेताहरु घाइते भएका छन् । जनकपुरमा स्थानीय प्रशासनले दिउँसो १ बजेबाट अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो । आन्दोलन मधेसी मोर्चाले निषेधाज्ञा तोड्न जुलुस निकालेर भानुचोकमा पुगेपछि प्रहरीले रोकेपछि झडप सुरु भएको थियो । झडपका क्रममा प्रहरीले लाठी चार्ज गर्दा तमलोपा धनुषा अध्यक्ष परमेश्वर साह, सदभावनाका संजय सिंह, रुपनारायण मण्डलसहित १४ जना घाइते भएका छन् । अहिले पनि प्रहरी र आन्दोलनकारीबीच झडप भइरहेको छ ।

Womui
Womui