४६८ थपिए, नेपालमा २६०१९ संक्रमित

33

काठमाडौं–पछिल्लो २४ घण्टामा ४६८ जना कोरोना भाइरसका संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसबाट  संक्रमित हुनेको संख्या २६०१९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ११०४७ जनाको पीसीआर नमुना परीक्षण गरिएकोमा ४६८ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै २४ घण्टामा १२४ जना संक्रमणबाट निको भएर घर फर्किएका छन् । योसँगै कूल संक्रमितमध्ये घर फर्कनेको संख्या हालसम्म १७१०१ पुगेको छ ।

Womui
Womui