२४ घण्टामा ३ को मृत्यु, नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १०२ पुग्यो

61

काठमाडौं–पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १०२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा मृत्यु हुनेमा कपिलवस्तु, पर्सा र धनुषाका तीन पुरुष रहेका छन् । कपिलवस्तुमा ४०, पर्सामा ६० र धनुषामा ५० वर्षीय पुरुषको मृत्यु भएको हो । नेपालमा जेठ ३ देखि साउन ३१ गतेसम्मको अवधिमा संक्रमणले मृत्यु हुनेको संख्या १०२ पुगेको हो ।

Womui
Womui