सरकारले दियो १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार, ३० लाई निजामती सेवा पुरस्कार

95
काठमाडौं, भदौ २२
निजामती सेवा दिवसको अवसरमा हरेक वर्ष दिँदै आएको उत्कृष्ट निजामती सेवा पुरस्कार दिएको छ । सामान्य प्रशासन मन्त्रालयले यस वर्ष उत्कृष्ट निजामती सेवा र निजामति सेवा पुरस्कार पाउने कर्मचारीमा विपुल न्यौपाने, सहरजिष्ट्रार (सर्वोच्च अदालत), लक्ष्मी प्रसाद ढकाल,सहसचिव (गृहमन्त्रालय), वेगेन्द्रराज शर्मापौडेल,सहसचिव (अख्तियार दुरुपयोग अनुसन्धान आयोग), वैकुण्ठ अर्याल,सहसचिव (अर्थमन्त्रालय), एकनारायण अर्याल,प्रमुख जिल्ला अधिकारी (जिल्ला काठमाडौँ कार्यालय), तिरेश प्रसाद खत्री,सिडिई (क्षेत्रीय खानेपानी अनुगमन तथासुपरिवेक्षण कार्यालय,डोटी), शिवराम यादव,डिभिजन प्रमुख (हेभी इक्युपमेन्ट डिभिजन, काठमाडौँ), केशवराज ढकाल,उपसचिव (प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय), शिवनारायण थापा मगर, कम्प्टयुर अधिकृत (निर्वाचन आयोग), पोषणमान सिंह बस्नेत,इलेक्ट्रसियन (लोकसेवा आयोग) रहेका छन् । यस वर्ष उत्कृष्ट निजामती सेवा पुरस्कार १० जना र निजामती सेवा पुरस्कार ३० जनालाई दिइएको हो।
उत्कृष्ट निजामति सेवा पुरस्कार पाउनेले जनही १ लाख रुपैयाँ पाउनेछन् भने निजामती सेवा पुरस्कार पाउने ३० जनाले जनही ५० हजार रुपैयाँ पाउनेछन्। सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार भने यस वर्ष कसैलाई दिइएको छैन।
Womui
Womui